Promoting Women's Equal Participation in Decision Making Process
निर्णायक तहमा महिलाहरुको समान र अर्थपूर्ण सहभागिता
(Promoting women’s equal participation in decision making process)
पृष्ठभूमि (Background)
आज संसारभारी नै महिला र पुरुषबीच आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रूपमा विभेद, भिन्नता र असमान सहभागिताको अवस्था रहेको पाइन्छ। हुन त यो परिस्थिति र यसलाई दर्साउने आँकडाहरु बिस्तारै सकारात्मकता तिर बढिरहेका छ। यद्दपी यी मुद्दाहरुमा आवश्यकता अनुरुप अघि बढ्न नसकेका अवस्था रहेको छ। महिला र पुरुष हरेक हिसाबले समान छन् र महिलाहरु पछाडि पर्नुपर्ने कुनै पनि कारण छैन। तर संसारको विकासको सुरुवात समय देखि ढुङ्गे युग हुँदै कृषि युगसम्म आउदा, जब कामको बाँडफाँड भयो महिलाहरू घरभित्रको काम र पुरुषहरु घर बाहिरको काम गर्न थाले। यस् प्रकारको कार्य बिभाजनको मुख्य कारण महिलाहरुले गर्भाधारण गर्नुपर्ने र बच्चाहरुलाई हुर्काउन महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने थियो। यसरी जब महिला र पुरुषले फरक ढंगले कामको जिम्मा लिँदै गए तब सामाजिकीकरणको क्रममा मौका र अवसरहरु पनि फरक ढंगले बडीन थाल्यो। यसै क्रममा उनीहरूको सामाजिक भुमिकाको विकास समेत फरकफरक ढंगले हुन थाल्यो।
महिलाले गर्ने अधिकांश कामहरू घरभित्र र सेवामा मात्र केन्द्रिकृत भयो भने अर्को तर्फा पुरुषहरुले गर्ने काम घर भन्दा बाहिरको हुने र सो कामहरुमा ज्यालाको पनि व्यवस्था हुँदै जाँदा उनीहरूको क्रयशक्तिको बृद्धि हुदै गयो र उनीहरु कमाउने वर्गमा गनिँदै गए। फलस्वरूप समाजमा उनीहरु मालिक र महिलाहरू सेविकाको रुपमा स्थापित हुँदै गए। महिलाहरुले घर गृहस्तीको काम बाहेक अन्य काम गर्ने मौका नपाएको हुनाले उनीहरूको क्षमताको विकास पनि कमै भएर गयो र समाजका सबै आयामहरूमा पुरुषहरू अगाडि र महिलाहरू पछाडि परेको अवस्था देखिँदै गयो।
औचित्यता (Rationale)
महिलाहरू समाजमा पछि पर्नुको कारणहरु धेरै छन्। गर्भमा रहदाँ देखीनै छोरीहरुको भ्रुणहत्या गर्ने जस्ता प्रचलनहरुले गर्दा महिलाहरु आफ्नो बाँच्न पाउने अधिकारबाट समेत बन्चित भएको र आजै पनी हुनुपर्ने अवस्था रहेको छ। त्यसै गरी विभिन्न धर्मका ऋषिमुनिहरुले धार्मिक ग्रन्थहरु जस्तैकी वेद, कोरान, बाइबल आदी लेख्दै जादा महिला र पुरुषहरुको समाजमा फरक-फरक भूमिकाको परिकल्पना गरे र समयकालमा यिनै धार्मिक प्रचलनलाई आधार मान्दै विभिन्न समाज र देशमा कानुन समेत बन्दै गए। यी सब कारणले महिला र पुरुष फरक हुन् भन्ने भास्य सृजित भयो र महिलाहरु समाजमा करिब दोस्रो दर्जाको नागरिकको रुपमा नै स्थापित हुँदै गए। फलस्वरूप संस्कृतिक र सामाजिक मान्यताहरु लगायत राज्य व्यवस्था र देशको नेतृत्व पंक्तिमा पनि उनीहरूको पहुँच भएन। यिनै सब कारणले महिला र पुरुष दुवैको समान हैसियत, सहभागिता र समान पहुँचको आधार विकास नभएको पाईयो। तर जबसम्म समाजमा महिला र पुरुषको समान पहुँच र सहभागिता हुँदैन विकास असम्भव छ।
यसै मुद्दामा केन्द्रिकृत रहेर विश्वमा अहिलेसम्म चारवटा विश्व महिला सम्मेलन समेत भएका छन्। यी सम्मेलनहरुबाट अन्तर्राष्ट्रिय रुपमा नै धेरै महिलाहरूको समान सहभागिताका लागि नीतिहरु पनि बनाईयो। यस् आन्दोलनको सुरुवाती चरणमा “महिलालाई विकास” (“Women in Development”) को वकालत गर्दै महिलालाई विकास गराउने नीति आयो । त्यसको केही समय पश्चात भने “महिला र विकास” (“Women and Development”) को नारा सहित महिलाहरूको जीवनस्तर उठाउन प्रयास गरियो। यो प्रक्रियामा महिलालाई मात्र राखेर विकासका मोडलहरु तयार गरियो जसका कारण समग्र रुपमा समस्तिगत विकासमा बाधा रहिरहेको अवस्था देखियो। बिस्तारै अनुसन्धानहरु मार्फत – महिला होस् या पुरुष समाजमा दुवै मिलेर मात्रै विकास सम्भव छ भन्ने सिद्दान्त प्रतिपादन भयो जसलाई अन्तरास्ट्रिय स्तरमा (“Gender and Development”) भनियो। यस सिदान्त अनुरुप महिला र पुरुषको विकासका लागि समान पहुँच, समान सहभागिता, समान मौका र समान मानसिक र शारीरिक हौसला पाउनुपर्छ भन्ने मान्यता स्थापित हुँदै गयो। यसैले दुवैको विकास सँगसँगै अगाडि लाने क्रममा आज विश्वमा महिलाका लागि कार्यक्रमहरु बनाएर महिलाहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रूपमा अजै सशक्त बनाउन आर्थिक तथा अरु सामाजिक स्रोतहरु परिचालन गरिनु पर्ने अवस्था छ र साथसाथै विभिन्न महिलामुखी नीतिहरू पनि बनाउदै जानुपर्ने अवस्था छ।
महिला सहभागिता र नेतृत्व विकास
माथिका सबै कुराहरूलाई मध्यनजर गर्दा – सबै काम र त्यसबाट परिणाम हसिलगर्नका लागि विशेषगरी समाजमा पछाडि पारिएका समुदायलाई अगाडि ल्याउने नीति बनाउन र अपनाउन आवश्यक छ। नीति बनाउन आवश्यक हुदै गर्दा जुन क्षेत्र, वर्ग र तहको बारे नीति बन्नुपर्ने हो त्यही क्षेत्रमा महिलाहरुको सहभागिता हुन अत्यन्तै जरुरी छ। यी सबै कामहरूमा बिस्तारै महिलाहरूको सहभागिता हुँदै महिलाहरुको नेतृत्व तहमा अर्थपूर्ण सहभागिता – जहाँबाट नीतिहरू बन्न सक्छन्, त्यहाँ महिलाहरु हुन आवश्यक छ। सुरुवातमा आरक्षण र बिस्तारै सशक्तिकरणको माध्यमबाट आरक्षणलाई कम गर्दै समान सहभागितामा जोड दिनु जरुरी छ। यी विसयालाई प्रोत्साहन गर्न देशका कानुन र नियमहरूमा यस् प्रकारको व्यवस्था स्पष्ट लेख्नुपर्ने हुन्छ। महिलाको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरु अघि बढाउँदै बिस्तारै उनीहरूको सहभागीता राजनैतिक, सामाजिक देखि सांस्कृतिक, आर्थिक क्षेत्रहरुमा पनि बढाउँदै लैजानुपर्छ। यसरी काम गर्दै अघि बढ्नका लागि महिलाहरूको नीतिगत र अर्थपूर्ण समान सहभागिताका लागि कार्यक्रम हुन अत्यन्त जरुरी छ।
उद्देश्य (Objectives)
मुख्य उद्देश्य (Primary Objective)
राज्यको निर्णायक संरचनाहरुमा महिलाको समान र अर्थपूर्ण सहभागिताका लागि पहल गर्दै परिणाममा सहयोग पुर्याउनु।
विशेष उद्देश्यहरू (Specific Objectives)
- महिलाको नेतृत्व विकासका लागि विभिन्न विषयमा अध्ययन अनुसन्धान गरी कार्यक्रमहरू तय गर्ने।
- महिलाको समान सहभागिताका लागि आवश्यक नीति बनाउन वकालत र सहयोग गर्दै सम्बन्धित
निकायलाई जवाफदेही बनाउने। - महिलाको नेतृत्व विकासका लागि विभिन्न विषयमा क्षमता अभिवृद्धि गर्ने।
- स्वयं महिलालाई विभिन्न किसिमका मौका र ज्ञानको सहयोगले आफ्नो जीवनका लागि स्पष्ट खाका र भिजन तय गर्न सहयोग पुर्याउने।
- सबै नीतिको माउ नीति राजनीतिमा महिलाको ज्ञान र क्षमताको विकासका साथै सहभागिता र अर्थपूर्ण सहभागिता समेत बढाउन सहयोग गर्ने।
- विभिन्न महिला सम्बन्धी बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, कानुन र नियमबारे जानकारी गराई तिनीहरूको कार्यान्वयन र सही उपयोग गर्नका लागि पहल गर्ने।
कार्यबिधी (Working Procedure)
- राज्य संरचनामा सम्बन्धित सबै क्षेत्र र तहमा स्वयं महिलाहरूका लागी विभिन्न कार्यक्रम बनाई कार्यान्वयन गर्ने।
- महिला सहभागिता र अर्थपूर्ण सहभागिताका लागी नीति बनाउन र बनाएका नीति कार्यान्वयन गर्न तहगत वकालत र लवि (प्रभाव विस्तार) गर्ने।
- सामाजिक, राजनैतिक लगायत अन्य क्षेत्रहरुमा रहेर काम गर्ने महिलाहरूलाई गोलबन्द गरी समूह बनाई स्थानीय तह, प्रदेश र संघीय तहमा महिला सशक्तिकरणका कार्यक्रमहरू बनाई कार्यान्वयन गर्ने।
- महिलामुखी नीति बनाउने र बनिसकेका नितीहरुलाई लागू गर्नका लागि एउटा मात्र संस्थाको पहलबाट सम्भव नहुने हुनाले सम्बन्धित क्षेत्रमा कार्य गर्ने सरोकारवाला संस्था र निकायहरू सबै मिली सञ्जाल बनाई आफ्नो आवाज उच्च बनाएर काम गर्न।
- सम्बन्धित क्षेत्रको आवश्यकता अनुसार बेलाबखतमा अध्ययन अनुसन्धान गरी तथ्य, आँकडा वा जानकारीको प्रयोग गरी प्रमाणमा आधारित (evidence based) वकालत गर्ने।
सरोकारवालाहरू (Stakeholders)
- युवा महिलाहरु
- राजनैतिक क्षेत्रमा कार्यरत महिलाहरु
- सामाजिक क्षेत्रमा कार्यरत महिलाहरु
- सीमान्तकृत वर्गका महिलाहरू
- महिला सशक्तिकरणको क्षेत्रमा काम गरिरहेका महिलाहरु
- सम्बन्धित क्षेत्रका सरोकारवाला पुरुषहरू
कार्य क्षेत्रहरू (Work Domain)
स्थानीय, प्रदेश र सङ्घ तथा सबै जिल्लाहरूमा आवश्यकता र स्रोत साधनको आधारमा गरिनेछ।
मुख्य कार्यक्रमहरू (Major Activities)
- यस क्षेत्रको अवस्था बुझ्नका लागि अध्ययन अनुसन्धान गर्ने।
- राजनैतिक, सामाजिक, धार्मिक, सांस्कृतिक र समाजमा गोलबन्द भएर रहेका ठूला-ठूला सञ्जाल र संस्थाहरू (सहकारी, स्कुल व्यवस्थापन समिती आदी) लगायत अन्य क्षेत्रका महिलाहरूको क्षमता अभिृद्धिको लागि कार्यक्रमहरु गर्ने।
- नेतृत्व विकास र नेतृत्वको भूमिकाबारे कार्यक्रम संचालन गर्ने।
- विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र कानुनको अवस्थाबारे जानकारी गराउने कार्यक्रम संचालन गर्ने।
- प्रभावकारी वकालत मार्फत परिणामका लागि आवश्यक सीप र क्षमताको विकास गर्ने कार्यक्रम।
- सरकार र सम्बन्धित निकायमा भएका नीति र कानुनहरु कार्यान्वयन गर्न र आवश्यक परे नयाँ बनाउन लगातार साझेदारी र खबरदारीका गर्ने कार्यक्रम। यस क्षेत्रको ज्ञान, क्षमता र वकालतका लागि प्रभावकारी स्रोत सामग्रीहरू तयार गरी महिलाहरुको विकास गर्ने कार्यक्रम।
अपेक्षित नतिजाहरु (Expected Outcomes)
- समाजमा सबै क्षेत्रका महिलाहरुले आ-आफ्नो ज्ञान र क्षमता बढाई सशक्त हुनेछन् र आफ्नो नेतृत्व विकासबारे स्पष्ट हुनेछन्।
- आफ्नो क्षेत्रमा आवश्यक पर्ने नीति, कानुन र नियमहरूबारे जानकारी राखी आफै लगातार वकालत गर्नेछन्।
- महिलाहरू राज्यका सबै निकायमा बिस्तारै सहभागि हुँदै अर्थपूर्ण सहभागिता र नेतृत्व तहमा पुग्ने छन्।
- समृद्ध नेपालका लागि महिला र पुरुष दुवैको समान पहुँच र प्रभावकारी सहभागिताका विकासको लागी आवश्यक छ भन्ने भास्य स्थापित भएको।
- सम्बन्धित क्षेत्रका अध्ययन र अनुसन्धानबाट आएको तथ्यमा आधारित कामले राम्रो परिणाम हुँदै गएको।
- समाजमा पुरुष र महिला बिचको असमान अवस्था समाजले नै तय गरेको र सो को समाधान समाजले नै गर्न सक्नेछ भन्ने प्रमाणित भएको।
- महिला अधिकार भनेको मानव अधिकार हो भन्ने नारा सार्थक भएको।
- महिलाका क्षेत्रमा भएका सबै खाले विभेद र अन्यायको अन्त भएर बिस्तारै समान समाजको सिर्जना भएको