Jagaran Nepal

Welcome to Jagaran Nepal Official Website

Women, Climate Change and Climate Justice

महिला, जलवायु परिवर्तन र जलवायु न्याय

Women, Climate Change and Climate Justice

पृष्ठभूमि (Background)

आजको समयमा विश्वभारी जलवायु परिवर्तन निकै छिटो गतीमा बढी रहेको छ। जलवायु परिवर्तनको जोखिमलाई निउनिकरण गर्नका लागि अन्तरास्ट्रिय स्तरमा सन् २०१६ मा “पेरिस सम्झौता” हस्ताक्षर गरिएको थिईयो जस अनुरुप लामो समयसम्मको तापक्रम वृद्धि २°C भन्दा निकै तल र सम्भव भएमा औद्योगिक क्रान्ति पूर्वको स्तरभन्दा १.५°C मा सीमित गर्ने लक्ष्य राखेको छ। यद्यपी सन् २०२४ को तथ्यांक हेर्ने हो भने पृथ्वीको औसत तापक्रम १६.१°C रहेको छ जुन औद्योगिक क्रान्तीको पुर्व समय अनुसार १.५५°C माथी रहेको छ। यो तथ्यांकले जलवायु परिवर्तनको बढ्दो क्रमको तिब्रतालाई चिन्ताजनक अवस्थामा रहेको दर्साउछ। जलवायु परिवर्तनको मुख्य कारण पृथ्वीमा मानिसहरुको क्रियाकलापले गर्दा वायुमण्डलमा हरितगृह ग्यासको मात्र बढ्नु हो। बिगत लगायत अहिलेको समयमा संसारभारीनै विकासको होडबाजीमा विभिन्न खालका हरितगृह ग्यास उत्सर्जन गर्ने कामहरू भएका र भैइरहेका छन् जसले गर्दा तापक्रम बडाइ जलवायुमा असर पुर्याइरहेको छ। अहिलेकै दरमा तापक्रम बढ्दै जाने हो भने पृथ्वीमा जलवायु परिवर्तनको कारणले मानिसहरुको जन जीवनमा धेरै खालका नकारात्मक असरहरु बढ्ने र यिनीहरुले मानिसहरुको जीवनमा अप्रत्यासित प्रभाव पार्ने कुरा निश्चित रहेको छ। जलवायु परिवर्तन हुने कुरा प्राविधिक भएतापनि यसका कारणहरू र असरहरू भने राजनैतिक, सामाजिक र मानव अधिकारका क्षेत्रसंग सम्बन्धित छन्। पृथ्वीको तापक्रम घटाउने र सन्तुलित बनाउन सक्दो प्रयास गर्नु आजको माग रहेको छ र सो प्रयासबाट मानिसहरुको जीवन र जिविको पार्जन गर्ने तरिकाहरुमा सकारात्मक परिणाम पनि निकाल्न सकिन्छ। यिनै कुरालाई मध्यनजर गर्दै यस सम्बन्धी काम गर्न आजको आवस्यकता रहेको छ।

औचित्यता (Rationale)

यसरी बढ्दो जलवायु परिवर्तनको कारणले पृथ्वीको तापकक्रम बडाइ रहेको अवस्थामा धेरै खाले प्राकृतिक समस्याहरु उब्जाएको छ। उदाहरणका लागि समयमा वर्षा नहुने, सुख-खडेरी लाग्ने, अति वर्षा हुने जसका कारणले बाडी पहिरोले धेरै क्षति पुर्याउने, अन्न-बालीहरु नस्ट हुने र उब्जनीमा समस्या हुने र उब्जेका अन्न बालीलाई पनि बढ्दो तापक्रम र अन्य कारणले अपेक्षा स्वरूप नफल्ने, पानीका स्रोतहरू सुक्दै जाने, साथसाथै ठूला-ठूला विकास निर्माणको कामहरुमा समेत प्रत्यक्ष र परक्ष असरहरु हुने देखिएको छ।

जलवायु परिवर्तनको असरहरुले निम्त्याएको समस्या समाधानका लागि बलियो संरचना, राम्रो आर्थिक संयन्त्र लगायत अनुकूलित ढंगले चल्न सक्ने अवस्था चाहिन्छ र यस्तो अवस्था हामीले आजको विश्वमा हेर्ने हो भने विकसित मुलुकहरुले मात्र व्यवस्थापन गर्न सकिरहेको देखिन्छ। यद्यपी अर्धविकसित र विकासोन्मुख मुलुकमा आर्थिक तथा प्राबिधिक स्रोतको कमि भएको कारणले जलवायु परिवर्तनको मूल असर सो राष्ट्रहरुका जनता जस मध्ये समाजमा पिछडिएका र सिमान्तिकृत समुदायहरुका जनताहरुलाई बढ्दो जलवायु परिवर्तनको नकारात्मक प्रभाव पारिरहेको छ। उदाहरणको लागि जलवायु परिवर्तनले निम्त्याउने नकारात्मक असरहरु जस्तैकी बाढी पहिरो, बालीनालीमा नोक्सानी, पानीको स्रोतहरू सुक्ने जस्ता असरहरुले समुदायमा भएका गरिब र सिमान्तिकृतहरूको जीवनमा प्रत्यक्ष नकारात्मक असर गर्छ। यसभित्र पनि लैङ्गिक भूमिकाका कारणहरूले महिलाहरु नराम्रो गरी प्रभावित भइरहेका छन्। मुहानका स्रोतहरू सुक्दै जाँदा घरदेखि घन्टौ टाढाबाट पानी बोकेर ल्याउने अधिकांश महिलाहरू नै हुन्छन्। विडम्बनाबस समाजले यसरीनै भूमिका तय गरेको छ।

धनी मुलुकहरुको विकासको होडबाजीका कारण ऐतिहासिक रुपमा सो देशहरुले अत्याधिक कार्बन उत्सर्जन गरेका छन् जसका कारण पृथ्वीको तापक्रम बढेर जलवायु परिवर्तन भएको छ। तर सो विकासको नाममा गरिब मुलुकहरू र त्यस मध्यपनि सो ठाउँहरुको सीमान्तकृत समुदाय जसमा आदिवासी, जनजाति, महिला, अपाङ्गता आदि भएकाहरु बढी प्रत्यक्ष मारमा परेका छन् । यसलाई सम्बोधन गर्न जलवायु न्यायको दृष्टिकोणबाट काम गर्न जरुरी छ । जलवायु न्यायको विशेष फोकस भनेको प्रभावित मुखी जलवायु बित्ता सुनिश्चित गरेर सोको प्रयोग पिडित र प्रभावित समुदयहरुका लागि अनुकुलन कार्यक्रमहरु गर्नेमा पर्दछ। त्यसैकारण पनि आजको दिनमा जलवायु परिवर्तन र जलवायु न्यायलाई लैङ्गिक मैत्री बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको छ।

उद्देश्य (Objectives)
मुख्य उद्देश्य (Primary Objective)

समग्रतामा जलवायु परिवर्तनबारे जानकारी र जलवायु न्यायका दृष्टिकोणले प्रत्यक्ष र परोक्ष प्रभावितहरूसँग कार्यक्रम गर्ने।

विशेष उद्देश्यहरू (Specific Objectives)

  • जलवायु परिवर्तन प्राविधिक मात्र नभई राजनैतिक, सामाजिक र मानवअधिकारको मुद्दा हो भन्ने बारे जानकारी गराउने।
  • यसबाट प्रभावित – विशेषगरी समुदायमा पछाडि पारिएका महिला, आदिवासी, जनजाति आदी लगायतलाई विशेष फोकस गरी जलवायु परिवर्तन र जलवायु न्यायका लागि कार्यक्रम गर्ने।
  • सरकार र सम्बन्धित निकायमा जलवायु वित्त, निउनिकरण र अनुकुलनका लागि वकालत र सहयोग दुवै क्षेत्रमा काम गर्ने।

कार्य क्षेत्रहरू (Work Domain)

जलवायु परिवर्तनका कारण नकारात्मक प्रभावमा परेका सबै क्षेत्रमा विशेष गरि महिलालाई केन्द्रित बनाएर कार्यक्रम गर्ने र संगसंगै जनप्रतिनिधिहरुसँग स्थानीय, प्रदेश र सङ्घीय सरकारमा महिलामुखी जलवायु परिवर्तन सम्बन्धि कार्यक्रमहरू तय गराउने।

मुख्य कार्यक्रमहरू (Major Activities)

  • जलवायु परिवर्तनले महिलामा पारेको असरबारे जलवायु न्यायको दृष्टिकोणबाट अध्ययन अनुसन्धान गरी डाटाबेस/तथ्यांक तयार गर्ने।
  • महिलाहरू बिशेसगरी जलवायु परिवर्तनको प्रभावमा हुने हुनाले महिलामुखी अनुकुलित कार्यक्रमहरू तय गर्ने।
  • जनप्रतिनिधि र राष्ट्रिय राजनीतिका नेता-कार्यकर्ताहरु विशेषगरी महिलाहरुसंग नीतिगत तहमै फोकस गरी जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र यसका असरहरुसंग अनुकुलित हुन तय गरिएको कार्यक्रम र योजनालाई महिला मैत्री बनाउन कार्यक्रम गर्ने।
  • विश्वमा हुने जलवायु संबन्धित अन्तराष्ट्रिय सम्मेलनहरुमा तय गरेका घोषणाहरू र मुद्दाहरूलाई आफ्नो राज्य सुहाउँदो कानुन बनाई कार्यान्वयन गर्नका लागि लगातार वकालतका कार्यक्रमहरु गर्ने।
  • जलवायु परिवर्तन र जलवायु न्याय सम्बन्धी सुसुचित गराउन सहयोग र वकालतका लागि चाहिने विभिन्न सामग्रीहरू तय गर्ने।

अपेक्षित नतिजाहरु (Expected Outcomes)

  • समग्रमा जलवायु परिवर्तनको विज्ञान, सन्धिहरु, नीति लगायत अन्य संबन्धित बिसयहरुमा जानकारीको स्तर बढेको हुनेछ।
  • समुदायमा जलवायु परिवर्तन प्राविधिक विषय मात्रै नभई यो विषय राजनैतिक, सामाजिक र मानव अधिकारको विषय हो भन्ने बारे जानकार हुनेछ।
  • बिस्तारै सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वय, वकालत र मेलमिलापको अवधारणा बडाउदै जलवायु परिवर्तनले र यसका कारणले हुने असरहरुको आँकडाहरु तल झरेको हुनेछ।