Women and Contemporary Issues
महिला र समसामयिक मुद्दाहरू (विपत व्यवस्थापन, खाद्य सुरक्षा, कर प्रणाली)
Women and Contemporary Issues (Disaster Management, Food Security, Tax Justice etc.)
पृष्ठभूमि (Background)
समसामयिक मुद्दाहरु भन्नाले “हालको समयसँग सम्बन्धित”; वा ; “वर्तमान परिस्थितिसँग मेल खाने”; मुद्दाहरु भनेर बुज्न सकिन्छ। समाजमा लामो समयदेखि भइरहेका विभिन्न खाले मुद्दाहरु बाहेक अहिलेको राजनैतिक, सामाजिक, भौगोलिक आदी जस्ता परिस्थितिको कारणले सिर्जना भएका मुद्दाहरु जसका भौतिक र मानसिक असरहरु हुन्छन, त्यसलाई हामी समसामयिक मुद्दाहरु भन्न सक्छौ। पछिल्लो समयमा सामाजिक परिवेश र विकास निर्माणका कार्यहरुले समाजमा नयाँ चुनौतीहरुको सिर्जना गरेको पाईन्छ। अहिलेको समयमा पृथ्वीमाथि भएको अत्यधिक दोहनका कारण मानव निर्मित प्रकोपहरू बढिरहेका अवस्था छ, हरेक वर्ष बाढीपहिरोले हजारौँको ज्यान गइरहेको अवस्था छ र विभिन्न करणहरुले खाद्य असुरक्षाको समस्या बडी रहेको छ जसमा खानेकुराको मात्रा मात्र नभई गुणस्तरीय र पौस्टिक खानाको अभाव भैराखेको अवस्था पनि छ। त्यसैगरी सरकारले कर संकलन गरेर गर्ने कामहरु समुदायका लागि फाइदा हुने खालका छन् की छैनन् भनेर पनि हेर्नुपर्ने अवस्था सिर्जना भएको छ। तसर्थ आजको समयमा जनताले तिरेको कर न्यायिक बनाउन पनि जरुरी भएको छ। महिला अधिकार र यस् प्रकारका समसामयिक मुद्दाहरुको गहिरो अन्तर संबन्धित रहेको छ। त्यसैले यस् प्रकारका मुद्दाहरुलाई सम्बोधन नगरे सम्म महिलाको अधिकार आधारभूत तरिकाले सुनिश्चित र स्थापित गर्न कठिन हुनेछ।
औचित्यता (Rationale)
समसामयिक विषयहरूले तत्कालको अवस्थामा धेरै खालका असरहरू जन्माउने गर्दछन्। ती असरहरुले समाजमा फेरि पनि सीमान्तकृत भएका समुदाय र वर्गहरुलाई बढी मात्रामा असर पुर्याउने गरेको पाईन्छ। तत्काल भएका विपतहरूको कारणले अरुखाल्का अन्य विपतहरु पनि निम्त्याउँछन्। उदाहरणका लागि बाढी पहिरोबाट प्रभावित भएर पालमुनि बसेका समुदायहरू त्यसमध्ये महिलाहरू विभिन्न खालका यौनजन्य हिंसा र कतिपय बेला त बलात्कार जस्ता जघन्य अपराध पनि खेपिरहनु परेको हुन्छ। त्यस्तैगरी यस्ता खालका नयाँ चुनौतीका अवस्था समाजमा सिर्जना हुदा त्यससँग लड्नका लागि फेरि पनि समाजमा जन चेतना फैलाउन जरुरी छ। संगसंगै सो चुनौतीहरु संग लड्नका निम्ती आर्थिक र अन्य संरचनाहरुलाई पनि बलियो बनाउन जरुरी छ। आपत्कालीन अवस्था र अन्य कारणले आउने विभिन्न खाले समसामयिक विषयहरु सम्बोधन गर्नका लागि नागरिक समाजका संस्थाहरुले आफ्नो तर्फाबाट आवाज बुलन्द गराउन जरुरी छ। महिला, सीमान्तकृत, अपाङ्गता भएका, बालबालिका आदिहरूनै यस् प्रकारका समस्याबाट धेरै प्रभावित हुनाले सो समुदायहरुलाई केन्द्रभागमा राखी कार्यक्रम गर्नु उपयुक्त भएको देखिन्छ।
उद्देश्य (Objectives)
मुख्य उद्देश्य (Primary Objective)
समग्रतामा समसामयिक मुद्धाहरुले महिलाहरुलाई पारेको असरहरुलाई सम्बोधन गर्नका लागि जनचेतना र समाधानका कार्यक्रमहरु गर्ने।
विशेष उद्देश्य (Specific Objective)
- समसामयिक मुद्दाहरूले गर्दा भएका वास्तविक असरहरुको अवस्थाको पहिचान गर्ने।
- यसभित्र बढी प्रभावमा रहेका महिला र अन्य समुदायको हितमा कार्यक्रम बनाउने।
- समसामयिक मुद्दाहरूमा सरकारलाई सम्बोधन गराउनका लागि वकालतका कार्यक्रमहरू तय गर्ने।
- यस्ता खालका कार्यक्रमहरूका लागि विभिन्न खालको; “आपतकालीन कोष”; को व्यवस्था गर्न वकालत गर्ने र सरोकारवालाहरुलाई समेत सजग गराउने।
कार्य क्षेत्रहरू (Work Domain)
समसामयिक मुद्दाबाट प्रभावित समाजका सबै खाले विशेषगरी महिला, दलित, जनजाति, बालबालिका, अपाङ्गता भएका र पिछडिएका भूगोलहरूमा बस्नेहरू समेत यसको मुख्य सरोकारवालाहरु पर्छन्।
अपेक्षित नतिजाहरु (Expected Outcomes)
- यस् प्रकारका विपत तथा समस्याहरुले निम्त्याउने असर र समस्याहरुबाट हुने भौतिक र मानसिक क्षति कम भएको हुनेछ।
- यसबाट प्रत्यक्ष प्रभावमा पर्ने समुदाय र व्यक्तिहरूसंग उद्धारमुखी कार्यक्रम गर्नाले सो समुदायहरुमा राहत बढेको हुनेछ।
- समसामयिक मुद्दाहरूले ल्याएका विभिन्न खाले असरहरूमा सम्बोधन हुने हुनाले फेरि अन्य समस्याहरु सिर्जनाहुने दर घटेको हुनेछ ।
- लगातारको वकालतका कारण यस्ता खालका समसामयिक मुद्दाहरू बिस्तारै समाधान हुँदै जानेछन्।