Economic Empowerment of Women through Access to Resources
महिलाको आर्थिक सशक्तीकरणका लागि क्ष्रोत र साधनमा पहुच
Economic Empowerment of Women through Access to Resources
पृष्ठभूमि (Background)
पूर्णरूपमा सशक्त हुनका लागि चाहिने आत्मबल आर्थिक सशक्तिकरणले नै प्रधान गर्दछ। महिलाहरुको अवस्थाको विश्लेषण गर्दा, आजको समयमा महिलाहरू सबै खाले अधिकार प्राप्तीको मामिलामा पछाडि पारिएका छन्। मुलत आर्थिक रुपमा स्वनिर्भर नभएकै कारणले पनि महिलाहरु धेरै खाले हिंसामा परेको घटनाहरु समाजमा बिदितै छ। समाजमा महिलाहरुलाई घर गृहस्तीको कममा बढावा दियियो जसका लागि पारिश्रमिक हुदैन। आर्थिक उपार्जनका हरेक क्षेत्रमा विशेष गरी औद्योगिक र व्यापारिक क्षेत्रमा महिलाको सहभागिता प्राय न्यून रहेको छ। आय आर्जनको काममा महिलाहरुलाई पहिला देखिनै टाडा राखियो र फलस्वरूप जीविका निर्बाह गर्नका हेतु महिलाहरु पुरुष र समाजसंग निर्भर भैरख्नु परेको अवस्था छ। त्यसै गरी समाजमा पुरातन समय देखि पैत्रिक सम्पत्तिमाथि पनि महिलाहरूको पहुँच नभएको अवस्था थियो। महिला आन्दोलनको लामो संघर्षपछि अब भने महिलाको नाममा पनि पैत्रिक सम्पत्ति पाउने कानून प्रबन्ध भएको छ यद्यपी ब्यावहारिक अवस्थामा अहिले पनि महिलाहरूको सम्पत्ति माथिको स्वमित्व अपेक्षित रुपमा नरहेको अवस्था छ। त्यसैले जबसम्म महिलाहरु समाजका अरु अंगहरु संग परनिर्भर भैराखेका हुन्छन र आर्थिक स्रोत र सम्पत्तिबाट वन्चित भैराखेका हुन्छन तब सम्म पूर्ण स्वतन्त्रता र सशक्तीकरण संभव हुँदैन।
औचित्यता (Rationale)
महिलाको जीवनस्तरलाई बढाउनका लागि आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक सबै भूमिका रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउन अवस्य छ । समाजमा उनीहरू परनिर्भर भएर नरहनका लागि महिलाहरु घरबाट बाहिर निस्केर आयआर्जन हुने कार्यमा संलग्न हुन जरुरी छ। काम मार्फत आर्थिक रुपमा ससक्तिकरण हुनु नै महिलाहरुका लागि स्वनिर्भरको बाटो हो र आफ्नो निर्णय आफै लिनका लागि चाहिने पुर्व-अवश्यक स्तम्ब पनि हो। काम गरि महिलाहरुले आफुलाई आर्थिक रुपमा सशक्त बनाएर महिलाहरुले समाजमा योगदान पुराउन सक्छन। त्यसै गरि बिस्तारै सोही कामको कारणले उनीहरुमा निर्णय गर्न सक्ने शक्ति पनि बढ्दै जान्छ र आफ्नो आम्दानीका साथ साथै जीवन स्तरलाई बढाउँदै लैजान सक्ने क्षमतमा पनि बृधि हुन्छ। आर्थिक रुपमा सबल हुदा महिलाहरुमा अनावश्यक हिंसा र यातनाहरु बिरुद्ध अवाज उठाउने आत्माबल पनि बढ्दै जान्छ । यस मानेमा महिलाहरुलाई शिप प्रधान गरि र क्षमता अभिवृद्धि गराइ उद्यम र उद्यमशिलाता मार्फत आर्थिक सशक्तिकरण गराउने कार्यक्रम गर्न जरुरी छ ।
उद्देश्य (Objectives)
मुख्य उद्देश्य (Primary Objective)
समग्रतामा महिलाको आर्थिक अवस्थामा सुधार ल्याई उनीहरूको हालको अवस्थालाई सशक्त बनाउन सहयोग पुर्याउनु ।
विशेष उद्देश्य (Specific Objective)
- महिलाको आर्थिक अवस्था र आर्थिक स्रोत र साधन मथीको पहुँचको अवस्था सम्बन्धि अध्ययन अनुसन्धान गर्ने।
- महिलालाई सरकार र सम्बन्धित निकायबाट उचित खालका अनुदान व्यवस्था गराई सो अनुदानलाई कार्यान्वयनको तहसम्म ल्याउन वकालत गर्ने।
- आवश्यकता अनुसार विभिन्न खाले आय आर्जनको कार्यक्रम मार्फत सीप र क्षमताको विकास गर्ने।
- महिलाले उत्पादन गरेका सामग्रीको उचित व्यवस्थापनका लागि बजार व्यवस्थामा सहयोग गर्ने।
सरोकारवाला (Stakeholders)
- समाजमा आयआर्जन नभएको कारणले पछाडि पारिएका महिलाहरू
- सरकार र विभिन्न सरोकारवाला निकायहरू
- युवतीहरु
- समुदायमा घरपरिवार र बालबच्चा हेरी केही समय बचेका महिलाहरू
- स्तनिय तहमा रहेको महिला समूहहरु
- सहकारी लगायत साझा अवधारणामा काम गर्न चाहने महिलाहरु
मुख्य कार्यक्रम (Major Activities)
- समुदायमा भएका स्थानीय स्रोतसाधन आदिको पहिचान गर्नका लागि अद्ययन अनुसन्धान गर्ने।
- समग्र महिलाहरुको आर्थिक अवस्थाको अध्ययन गर्ने ।
- बजारको अनुसन्धान पश्चात् कार्यक्रमहरू तय गर्ने ।
- विभिन्न स्थानीय, प्रदेश र सङ्घीय सरकारका अनुदानमा महिलालाई फोकस गरेका कार्यक्रमहरू सञ्चालन गर्ने ।
- वृद्ध-वृद्धा महिलाले जानेका सीप ज्ञानलाई स्किल ट्रान्सफर गर्ने कार्यक्रमहरू तय गर्ने ।
- विदेशी रोजगारीमा गई फर्केर आएर काम गर्ने महिलाहरूको अनुभव सधुपयोग गरेर कार्यक्रम गर्ने।
अपेक्षित नतिजाहरु (Expected Outcomes)
- आयआर्जनमा संलग्न हुँदै गए पश्चातको अनुभवले महिलाहरूमा आत्मबल बढ्ने छ।
- आर्थिक पहुँच बढ्दै गए पश्चात् परनिर्भरता घट्ने छ।
- विभिन्न खाले घरयासी र अन्य हिंसाबाट महिलाहरू मुक्त हुँदै जानेछन्।
- महिला पुरुष दुवैले समाजमा आयआर्जनको काम गर्दै अघि बढ्दा देशको आर्थिक वृद्धिदर बढ्ने छ।
- युवा युवतीले आज काम थालेमा लामो समयमा देशमै उद्यमशीलता बढ्नेछ र बिस्तारै ब्रेनड्रेन घट्नेछ।