Jagaran Nepal

Welcome to Jagaran Nepal Official Website

Leadership and Skill Enhancement for Young Leaders

युवा नेतृत्व विकास र क्षमत अभिबृधि कार्यक्रम

Leadership and Skill Enhancement for Young Leaders

पृष्ठभूमि (Background)

आजको समयमा समाज परिचालन र रूपान्तरणमा युवालाई समावेश गरि पुस्तान्तरण गराउन ज्यादै महत्वपूर्ण रहेको छ। तसर्थ युवाहरुको क्षेत्रमा काम गर्न आवश्यक भएको देखिन्छ। पुरानो पिडी र नयाँ पिडी दुवै मिलेर समाजमा भएका राम्रा कामहरुलाई अंगाल्दै र सोही समाजमा भएका विकृतिहरूलाई हटाई समय सापेक्ष नविन कामहरुमा दुबै पुस्ता हातेमालो गरि समाजलाई अघि बढाउन जरुरी छ। समविकास र स्वस्थ समाज सम्भव बनाउन पुरानो पुस्ताको काम र अनुभवलाई आधारभाव गर्नुपर्ने र नयाँ पुस्ताले सिकेका, जानेका फरक दृस्टीकोणलाई पनि पुरानो पुस्ताले आधारभाव सहित ग्रहण गरेर अघी बढ्न जरुरी छ । सो गर्नाले पुस्ताहरुको बीचमा भएका विभिन्न समस्याहरू समेत समाधान हुँदै जानेछन्।

यी विषयको छलफल समाजमा सबै आयाम र क्षेत्रमा हुनुपर्ने देखिन्छ। राजनैतिक र सामाजिक संरचना हुदै आर्थिक तथा सांस्कृतिक लगायत सबै क्षेत्रमा बिस्तारै आजका युवाहरुले नेतृत्वदायी भूमिकामा जानुपर्ने हुनाले युवाहरुसँग मिलेर काम गर्नु आजको आवश्यकता मात्र नभई अपरिहार्य विसय समेत रहेको छ।

औचित्यता (Rationale)

आजको विश्व परिवेश हेर्दा शैक्षिक, भौतिक लगायत अन्य हिसाबले साउथ एसिया पछाडि परिरहेको अवस्था छ। आजै युवाहरुको अवस्थालाई आंकलन गर्ने हो भने अहिले पनि युवा पुस्तालाई कामको जिम्मेवारी दिन र उनीहरुमा भरोसा गर्ने प्रवृत्ति एकदमै कम रहेको छ। साथै युवा सहभागिता पनि न्यून रहेको छ। आजको बढ्दो प्रविधिक युगमा सो प्रबिधिहरुसंग युवाहरुको नै पहुँच बढ्दै गएको छ र सो प्रविधिको माध्यमबाट युवाहरूले आफ्नो हिसाबले धेरै विषयमा अघि बढ्ने प्रयास पनी भैराखेको छ। तसर्थ अहिलेको अवस्थामा वयस्का पुस्ता र राज्य संरचनाका नीतिहरूले युवाहरूको अर्थपूर्ण संलग्नता बडाउन सहयोग गर्न मात्र आवश्यक नभई उनीहरुको शिप र क्षमतालाई देश बिकाशका लागी उपयोग गर्न युवा वर्गहरुलाई कार्यक्रम सहित संलग्न गराउन जरुरी छ। नेपालको परिपेक्षमा आज पनि राजनैतिक र सामाजिक क्षेत्रमा युवाहरूको संलग्नता र सहभागिता उल्लेखनीय छैन। युवाहरुलाई रोजगारीका अवसरहरू कम छन् र दिनानुदिन सबै तहका युवाहरू विदेशि रहेका छन्। यस अवस्थालाई राम्ररी नियाल्ने हो भने देशको पछिल्लो अवस्था कहाली लाग्दो छ। यसकारण पनि युवा केन्द्रित रही युवा-मैत्री कार्यक्रमहरु गर्न आजको समयमा अत्यन्तै जरुरी रहेको छ।

उद्देश्य (Objectives)
मुख्य उद्देश्य (Primary Objective)

युवा मैत्री कार्यक्रमहरू तय गरी बढ्दै गएको युवा नैरास्यता र पुस्तान्तरणले पारेको नकारात्मक प्रभावलाई पहिचान गरी सो नैरास्यतालाई निउनिकरण गर्दै अघि बढ्नु।

विशेष उद्देश्यहरू (Specific Objectives)

  • युवाको क्षेत्रमा गर्नुपर्ने कामहरु पहिचान गर्नका लागि अध्ययन अनुसन्धान गर्ने।
  • लैङ्गिक भूमिकाका कारण महिला युवामा हुने समस्याहरू फरक भएको संदर्वमा युवा महिलालाई विशेष फोकस गरी कार्यक्रम गरिने।
  • युवाहरूको क्षमता अभिवृद्धि र रोजगारीका मौका सिर्जना गर्नका लागि सहयोग, सहकार्य र वकालत गर्ने।
  • राज्यको संरचनाहरुमा युवामैत्री नीतिको लागि पहल गर्ने।
  • पुस्तान्तरणको विषयमा सकारात्मकता ल्याउन कार्यक्रमहरू गर्ने।

कार्यबिधी (Working Procedure)

  • युवाहरूलाई देशमा भएको अवसरहरुको पहिचान गराई उक्त अवसरहरुमा युवाहरुको सहभागिता
    बडाउन कार्यक्रमहरु संचालन गर्ने।
  • युवाहरूको सहभागिता सबै निकायहरुमा बडाउन लागि लवी तथा एडभोकेसी गर्ने।
  • युवाहरुमा पनि महिला युवाका लागी विशेष कार्यक्रमहरू गर्ने।
  • युवा बीचको समन्वय संजालको निर्माण गर्ने।
  • राजनैतिक, सामाजिक र विद्यार्थीहरुको क्षेत्रमा कार्यरत युवाहरू समेटी काम गर्ने।
  • राज्यका निकाय र संरचनाहरुलाई युवामैत्री बनाउन अध्ययन अनुसन्धान गरी राष्ट्रिय तथा
    अन्तर्राष्ट्रिय अनुभव र बेस्ट प्राक्टिसेस पहिचान गरी अनुभव आदानप्रदान गर्ने।

सरोकारवालाहरू (Stakeholders)

  • राजनीतिक क्षेत्रमा कार्यरत युवाहरु
  • सामाजिक क्षेत्रमा कार्यरत युवाहरु
  • सीमान्तकृत समूहका युवाहरु
  • विभिन्न संघ, संगठनका र सञ्जालमा आबद्ध युवाहरू
  • विशेष फोकस युवा महिलाहरू

कार्य क्षेत्रहरू (Work Domain)

स्थानीय,प्रदेश र सङ्घ तथा सबै जिल्लाहरूमा कार्यक्रम आवश्यकता, स्रोत र साधनको आधारमा गरिनेछ।

मुख्य कार्यक्रमहरू (Major Activities)

  • युवा सम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गर्ने कार्यक्रम।
  • युवाहरूको उत्थानका लागि नीति बनाउन वकालत गर्ने कार्यक्रम।
  • युवाहरूमा रोजगारीको अवसर सिर्जना गर्ने र स्वरोजगार लाई प्रोत्साहन गर्ने कार्यक्रम।
  • युवाको सहभागिता हरेक क्षेत्रमा सशक्त ढंगले बडाउनका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्न वकालतका कार्यक्रम।
  • युवाहरूमा रहेको नैरास्य र पुस्तान्तरणका समस्याहरु बाट सिर्जनाभएको नकारात्मक मनोभावलाई सम्बोधन गर्न काउन्सेलिङ कार्यक्रम।
  • युवाहरूको नेतृत्व विकासको लागि क्षमता अभिवृद्धि कार्यक्रम।
  • हालका समसामयिक विषयहरूमा युवा र वयस्का समुह बीच सम्बद्ध र सीप-हस्तान्तरण कार्यक्रम।

अपेक्षित नतिजाहरु (Expected Outcomes)

  • युवाहरूको बढ्दो सहभागिताले देशमा दिगो र निरन्तर बिकासको अवस्था बढ्नेछ।
  • पुस्तान्तरण बीचको सकारात्मक भावना बढ्नेछ।
  • युवाहरू पलायन हुने प्रवृत्तिमा कमी आउँदै जानेछ।
  • देशमै विभिन्न खाले मौकाहरू युवामुखी हुँदै जानेछ।
  • युवाहरू आफैँ र आफ्नै लागि सुन्दर भविष्य बनाउन आफै सहभागी हुनेछन्।
  • पुरुष र महिला युवाको फरक पहिचान हुने हुनाले युवतीहरू छिटै समान पहुँच र सकारात्मक परिणाममा पुग्नेछन्।